Tuesday, August 23, 2016

जापानका थाहा नपाएको १० कुरा

जापानका थाहा नपाएको १० कुरा
Who Might Not Know
Most 10 features of Japan
एशियाको आर्थिक महारथी जापान प्रविधीमा जति शसक्त छ त्यतिनै रोचक र रहस्यमयी पनि छ। धेरै नेपाली विद्यार्थी र कामदारको आकर्षणका रुपमा रहेको जापानका कयौं त्यस्ता पाटा पनि छन् जसलाई पत्याउन बाहिरी दुनियाँलाई गाह्रो पर्छ।
१. घोडाको काच्चै मासु
हामीमध्ये धेरैले घोडाको काच्चै मासु खाने कुरा सोचेका समेत हुन्नौ तर जापानमा यो सामान्य हो। जापानमा बासासी भनिने घोडाको काच्चो मासु धेरै रेष्टुरेण्टमा सहजै पाइन्छ। जापानीहरुले वर्षौ देखि घोडाको काच्चो मासु खाँदै आइरहेका छन् । रोचक कुरा के छ भने बासासी गाइको मासु बीफ र पोर्क भन्दा पनि स्वस्थ मानिन्छ। यसमा धरै प्रोटिन हुन्छ तर कम क्यालोरी।
यसका साथै घोडाको मासुमा अन्य मासु भन्दा कम हानिकारक ब्याक्टेरिया हुन्छन्। घोडाको मासु खानले आयु लामो हुने समेत विश्वास गरिन्छ। टोकियोबाट पश्चिममा पर्ने नागानो शहरका बासिन्दाको आयु जापानमा सबै भन्दा बढि छ. सन २०१३ को तथ्याङक अनुसार त्यहाका पुरुषको औसत आयु ८०.८८ र महिलाको औसत आयु ८७.१८ छ। यसको कारण हो-त्यही घोडाको मासु।
. भुकम्पै भुकम्प
जापान जति सु्न्दर छ त्यति नै धराप । यसको कारण हो दिनहुँ जस्तै आइरहने भुकम्पका झड्का। जापानमा प्रति वर्ष १५ सय भन्दा बढि भुकम्प जान्छन्।
स-सान देखी तगडा भुकम्पले जापानलाई सधै हल्लाउने गरेको छ। जापान संसारभरिमै धेरै भुकम्पको खतरा भएको ठाउँमा पर्छ। जापान ठुला चार टेक्टोनिक प्लेटमा पर्छ। जब ती प्लेट सर्छन, जापानमा भुकम्प जान्छ।
सन २०११ तीनै टेक्टोनिक प्लेटहरुमा ठुलो हलचल पैदा भयो र जापानको इतिहासकै ठुलो भुकम्प गयो। रेक्टर स्केलमा ९ मापन गरिएको तोहुको भुकम्पमा २९ हजारले ज्यान गुमाए।
तर भुकम्पका भएको मानविय क्षतिका हिसावले भने यो सबै भन्दा ठुलो थिएन। सन १९२३ मा जापानमा गएको भुकम्पमा १ लाख ४२ हजार मानिस मारिएका थिए। त्यतिखेरको भुकम्प रेक्टर स्केलका हिसावले ७.९ मात्र थियो।
. अटोमेटिक बजार
जापानको भेण्डिङ मशिन भने अटोमेटिक बजारका लागि विश्वचर्चित छ। यहाँ ५० लाख भन्दा बढि भेण्डिङ मेशिन छन्। भेण्डिङ मेशिनमा पैसा तिरेर सामान किन्न सकिन्छ , यो स्वचालित पसल हो।
प्राय अन्य देशमा भेण्डिङ मशिनमा चिप्स, चकेलेट, पेय पदार्थ बेचिन्छ तर जापानका भेण्डिङ मेशिन यतिमा मात्रै सिमित छैनन्। यहाँ अण्डा, चामल देखि फुलसम्म बेचिन्छ। यी भेण्डिङमा मेशिनमा ट्वाइलेट पेपर, कण्डम, छाता, देखि पर्न म्यागेजिन सम्म पनि पाइन्छ।
. आवाज निकालेर खानु
प्राय देशमा आवाज निकालेर खानु राम्रो मानिन्न। पश्चिमी देशहरुमा त आवाज निकालेर खान खानु अशोभिय मानिन्छ। तर जापान भने ठीक उल्टो छ।
जापानमा सुरुप सुरुप आवाज निकालेर सुप वा नुडल्स खानु सामान्य मात्र होइन राम्रो मानिन्छ । आवाज निकालेर खाने कुरा खानुले जापानमा त्यसलाई मन पराएको र पकाएर खुवाउने पनि सम्मान गरेको अर्थ लाग्छ।
६. बेसबल लोकप्रिय
सुमो जापानको राष्ट्रिय खेल भए पनि सबै भन्दा लोकप्रिय र चर्चित खेल भने बेसबल हो। जापानमा याक्युको नामले चिनिने यो खेल एक अमेरिकनले सन १८७३ मा भित्र्याएका थिए। हाल जापानमा बेसबलका दुइ प्रोफेसनल लिग: पेसिफिक लिग र सेन्ट्रल लिग खेलिन्छन्। यसक अलावा प्रायजसो सबै विद्यालय र कलेजमा बेसबल खेलिन्छ। जापानका टेलिभिजनहरुले यो खेलमा निकै महत्वका साथ प्रसारण गर्दछन् ।
. उच्च आत्महत्या दर
जापान निकै धनि देश हो, यसको रोचक इतिहास छ र लोभलाग्दो संस्कृति पनि छ। यही देशमा मेहनती, अनुशासित र सफल मानिसहरु छन्। तर पनि जापानको आत्महत्या दर निकै डरलाग्दो छ।
प्रत्येक वर्ष करिब ३० हजार जापानीले आत्महत्या गर्छन। प्रत्येक १ लाख मानिसमा २४.४ जानले आत्यहत्या गर्ने तथ्याङ्क छ। आत्महत्या जापानको एक प्रमुख मुद्दा बनिसकेको छ । जापानमा हुने गरेको आत्महत्याको एउटा प्रमुख कारण बेरोजगारीलाई मानिन्छ ।
यसरी आत्महत्या गर्ने युवामा धेरै जसो भर्खर पढाइ सकेका विद्यार्थी हुन्छन्। यसै गरि डिप्रेसन र आर्थिक कठिनाइ पनि आत्महत्याका अन्य कारणमा पर्दछन्।
. परिवारले नुहाउने पानी एउटै
जापानीका लागि नुहाउनु सरसफाई मात्र होइन् । नुहाउनु मानसिक र शारीरिक रुपमा आनन्दित हुनु पनि हो। यही कारणले धेरै जापानी साँझमा तातो पानीमा नुहाउँछन्। अचम्मको कुरा के छ भने पुरै परिवारले एउटै पानी प्रयोग गर्दछ।
प्राय सबै जापानीको गरमा बाथटप हुन्छ। बाथटपको पानी पुरै परिवारले प्रयोग गर्दछ। खासमा पहिले बाबु, आमा त त्यसपछि छोराछोरीले त्यही पानी प्रयोग गर्दछन्। वास्तवमा जापानीहरु बाथटपम बाहिरै साबुन लगाएर जीउ सफा गर्दछन् त्यसपछी बाथटबमा छिर्छन् र पालैपालो पुरै परिवार त्यही पानी प्रयोग गर्दछन्। जापानमा पाहुनालाई समेत तातोपानीबाट नुहाउन दिएर सम्मान गर्ने चलन छ। पाहुनालाई सबै भन्दा भन्दा पहिले बाथटबमा छिर्ने अवसर दिइन्छ।
. सडकका नाम छैनन
जापानमा धेरै सडकका नाम राखिएका हुँदैनन्। नाम नभए कसरी चिन्ने त ? जापानमा अन्य भन्दा फरक एड्रेसिङ सिस्टम छ। नामका सट्टा सडकलाई ब्लक नम्बर दिइएको हुन्छ।
१0.बयस्क धर्म सन्तान
अन्य देशमा साना उमेर शिशु वा बालबालिकलाई धर्म पुत्रका रुपमा भित्र्याउने चलन छ । तर जापानमा हुर्किइसकेका खासगरि पुरुषलाई समेत धर्म पुत्रका रुपमा अपनाउने चलन छ। यसो गर्नुका दुई कारण छन्- एउटा परिवारको थर जोगाउन । अन्यत्र जस्तै जापानमा पनि पुरुषबाट मात्रै परिवारको नाम र थर कायम रहन्छ। दोस्रो कारण हो व्यवसाय जोगाउन। जापानका धनि परिवार जसले धेरै श्रीसम्पति र व्यवासय छ उनीहरुले व्यवसाय अघि बढाउन हुर्कि सकेको युवकलाई धर्म पुत्र बनाउने चलन छ। यदि कुनै परिवारको छोरा व्वयसाय अघि बढाउन अयोग्य भएको खण्डमा समेत वयस्क पुरुषलाई पुत्रका रुपमा अपनाउने चलन छ।

No comments:

Post a Comment